Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारशेयर बजारमा राजनीतिक रंग

शेयर बजारमा राजनीतिक रंग

७० अंकले उकालो लाग्दा नौं अर्ब १३ करोडको शेयर खरिद बिक्री


काठमाडौं । शेयर बजारमा राजनीतिक रंग देखिएको छ । बिगतमा लगातार ओरालो लाग्दै आएको शेयर बजारले एमालेको नेतृत्वमा सरकार गठन भएको र अर्थमन्त्रीमा बिष्णु पौडेलले जिम्मेवारी सम्हालेसगै राजनीतिक रंग लिएको हो । अघिल्लो दिन १७ दशमलव १८ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ७० दशमलव १८ अंकले उकालो लागेर २३ सय १० दशमलव ५९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ३३ अंकले उकालो लागेर चार सय नौं दशमलव ५१ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख १९ हजार ११ पटकको कारोबारमा दुई करोड ५८ लाख ३६ हजार दुई सय ८५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम नौं अर्ब १३ करोड ८६ लाख २९ हजार छ सय ४२ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुके शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x