Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२३ सय ६४ बिन्दुमा उक्लियो शेयर बजार

२३ सय ६४ बिन्दुमा उक्लियो शेयर बजार

एकैदिन १२ अर्ब पाँच करोडको शेयर खरिद–बिक्री


काठमाडौं । शेयर बजार परिसुचक नेप्से २४ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन ७० दशमलव १८ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार ५४ दशमलव शुन्य चार अंकले उकालो लागेर २३ सय ६४ दशमलव ६३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २५ अंकले उकालो लागेर चार सय १९ दशमलव ७७ बिन्दमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख ४९ हजार छ सय ८१ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड २० लाख ९५ हजार नौं सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x