२४ सय २४ बिन्दुमा उक्लियो शेयर बजार
झण्डै ६० अंकले उकालो लाग्दा १५ अर्ब ५४ करोडको शेयर खरिद बिक्री
काठमाडौं । शेयर बजार परिसुचक नेप्से २४ सय बिन्दुबाट पनि माथि चढेको छ । अघिल्लो दिन ५४ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन ५९ दशमलव ६८ अंकले उकालो लागेर २४ सय २४ दशमलव ३२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले उकालो लागेर चार सय ३६ दशमलव १४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको एक लाख ८४ हजार सात सय १२ पटकको कारोबारमा तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ रुपैैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र जलबिद्युत उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक पनि उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया