Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक २५ सय बिन्दु नजिक

बजार परिसुचक २५ सय बिन्दु नजिक

६१ अंकले उकालो लाग्दा १५ अर्ब २३ करोडको शेयर खरिद बिक्री


काठमाडौं । शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु नजिक पुगेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ६१ दशमलव ७१ अंकले उकालो लागेर २४ सय ८५ दशमलव ९४ बिन्दुमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५३ अंकले उकालो लागेर चार सय ५९ दशमलव ६८ बिन्दुमा पुगेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख ७७ हजार चार सय ६७ पटक शेयर किनबेच भएको छ । जसबाट आज चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x