बजार परिसुचक २४ सय ८८ बिन्दुमा
दुई अंकले उकालो लाग्दा १३ अर्ब ९१ करोडको शेयर खरिद बिक्री
काठमाडौं । शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन झण्डै ६२ अंकंले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव १५ अंकले उकालो लागेर २४ सय ८८ दशमलव शुन्य नौं बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ८९ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँच सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, निर्जीवन बीमा, पर्यटन, लगानी र लघुवित्त सहितका छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया