Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक २७ सय ५५ बिन्दुमा

बजार परिसुचक २७ सय ५५ बिन्दुमा

पाँच अंंकले घट्दा २१ अर्ब ७१ करोडको शेयर कारोबार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ६४ दशमलव २५ अंकले उकालो लागेको बजार परिसुुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने पाँच दशमलव २९ अंकले ओरालो लागेर २७ सय ५५ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २९ अंकले ओरालो लागेर चार सय ९२ दशमलव ७५ बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख २८ हजार आठ सय १३ पटक शेयर किनबेच भएको छ । जसबाट पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक घटेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x