Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनेप्से घट्यो, कारोबार रकम बढ्यो

नेप्से घट्यो, कारोबार रकम बढ्यो

एक सय ४५ अंकले बजार घट्दा २३ अर्बको शेयर किनबेच


काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको भएपनि कारोबार रकम भने उच्चरुपमा बढेको छ । अघिल्लो दिन ४० दशमलव ७६ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक सय ४५ दशमलव शुन्य पाँच अंकले ओरालो लागेर २६ सय ५१ दशमलव ३२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २७ दशमलव २२ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीह्रुको दुई लाख ७१ हजार पाँच सय ८७ पटक शेयर किनबेच भएको छ । जसबाट आज पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x