Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२९ सय ३१ बिन्दुमा उक्लियो शेयरबजार

२९ सय ३१ बिन्दुमा उक्लियो शेयरबजार

एकैदिन २७ अर्ब भन्दा बढीको शेयर किनबेच


काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिन ९४ दशमलव ५३ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ७० दशमलव ८१ अंकले उकालो लागेर २९ सय ३१ दशमलव ६५ बिन्दुमा पुगेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले उकालो लागेर पाँच सय १२ दशमलव ४७ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको दुई लाख ८३ हजार ४७ पटक शेयर किनबेच भएको छ । सो अनुसार छ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुृहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लगानी र उत्पादनमुलक उपसमुहहरुको सुचक ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x