Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत: तीन हजार बिन्दुमा उक्लियो शेयर बजार

अन्तत: तीन हजार बिन्दुमा उक्लियो शेयर बजार

४३ अंकले उकालो लाग्दा एकैदिनमा झण्डै ३० अर्बको शेयर कारोबार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से अन्ततः तीन हजार बिन्दुमा उक्लिएको छ । बिगतमा लामोसमय ओरालो लागेर १६ सय बिन्दुमा झरिसकेको नेप्से परिसुचक पछिल्लो केही हप्तादेखि लगातार उकालो लाग्दै आएको छ । सोही क्रममा साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से परिसुचक ४३ दशमलव शुन्य पाँच अंकले उकालो लागेर तीन हजार दशमलव ८१ बिन्दुमा कायम रहन सफल भएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज १६ दशमलव शुन्य एक अंकले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ बिन्दुमा कायम रहन सफल भएको छ ।

धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुके तीन लाख ११ हजार पाँच सय ३६ पटकको कारोबारमा छ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहहरुको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x