Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार३४ अंकले ओरालो लाग्यो शेयर बजार

३४ अंकले ओरालो लाग्यो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ३४ दशमलव ४७ अंकले ओरालो लागेर २९ सय ६६ दशमलव ३३ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६५ अंकले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको तीन लाख नौं सय १८ पटक शेयर खरिद बिक्री भएको छ । जसबाट छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहरुको सुचक उकालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x