बजार परिसुचक २९ सय ७४ बिन्दुमा
छ अंकले उकालो लाग्दा १९ अर्ब १६ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ११ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने छ दशमलव शुन्य एक अंकले उकालो लागेर २९ सय ७४ दशमलव ४६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १६ हजार चार सय ५५ पटक शेयर किनबेच भएको छ । जसबाट चार करोड नौं लाख ५१ हजार सात सय २० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । ति मध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने निर्जीवन बीमा, लगानी, लघुवित्त, उत्पादनमुलक, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया