Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजारमा सेलिङ प्रेसरको सम्भावना कति ?

सेयरबजारमा सेलिङ प्रेसरको सम्भावना कति ?


काठमाडौं, लगातार बढेको सेयरबजारमा गतसाता ब्रेक लाग्यो । अघिल्लो साता तीन हजार विन्दुमा पुगेको नेप्से परिसूचक गतसाता २६ दशमलव ३५ अङ्कले घटेर दुई हजार नौ सय ७४ दशमलव ४६ विन्दुमा झरेको छ । गत साता सार्वजनिक विदाका कारण जम्मा तीन दिन मात्रै बजार खुलेको थियो ।

छोटो अवधिमा उच्च अङ्कले बढेको बजार गतसाता सामान्य घट्नुलाई विश्लेषकहरुले करेक्सनको रुपमा लिनुपर्ने बताएका छन् । यद्यपि बजारमा सेयर बेच्नेहरु हावी हुँदा वृद्धि रोकिएको देखिन्छ । छोटो समयमा नाफा कमाउनेहरु सेयर बेच्न थालेका छन् भने किन्नेहरु पनि उत्तिकै देखिन्छन् । त्यसैले बजारमा ठूलो गिरावट आउन रोकिएको छ । कारोबार रकम पनि औसत २२ अर्बभन्दा माथि नै छ ।

सरकार र राष्ट्र बैंकले बजार चलायमान हुनेगरी नीतिगत व्यवस्थामा सुधार गरेपछि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको थियो । अहिले बैंकहरुले पनि ब्याजदर घटाएका छन् । बैंकमा निक्षेप राखेर पाउने प्रतिफल बन्दा दोस्रो बजारमा कारोबार गर्दा धेरै नाफा हुने देखेपछि लगानीकर्ताले बजारमा लगानी बढाएकोे देखिन्छ । यसैको असर माग पक्ष बलियो हुन गई बजार बढ्दो क्रममा छ ।

अर्थतन्त्रमा राम्रो सुधार भइनसक्दै बजारमा आएको वृद्धि धेरै समय नटिक्ने विश्लेषण पनि हुनेगरेको छ । केही सीमित लगानीकर्ताले लाभ लिने खालको बजार भएकाले आम सर्वसाधारणले लगाानी गर्दा ध्यान दिनुपर्ने कतिपयको सुझाव छ । यद्यपि बजार बुल रनमा चलेको र लगानीकर्ताको मनोबल उच्च रहेको अवस्था छ । यद्यपि नाफा सुरक्षित गर्नेहरु हाबी हुने देखिँदा अब बजार कता जानसक्छ भन्नेमा आम सर्वसाधारण लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ ।

गातसाता तीन करोबार दिनमा ६६ अर्ब ९० करोडको सेयर किनबेच भयो । औसत कारोबार २२ अर्ब ३० करोड रुपैयाँको भएको छ । ट्रेडिङ समूह चार दशमलव ८९ प्रतिशत घटेको छ । मल्टिपर्पस फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै २६ दशमलव १४ प्रतिशत बढेको छ । मातृभूमि लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १२ दशमलव ९३ प्रतिशत घटेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक एक अर्ब १२ करोड रुपैयाँको भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hornbee
hornbee
2 months ago

byakti lai lagayeko lagani sima pani hataunu parxa.

1
0
Would love your thoughts, please comment.x
()
x