Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक २७ सय ८६ बिन्दुमा

बजार परिसुचक २७ सय ८६ बिन्दुमा

झण्डै चार अंकले उकालो लाग्दा १३ अर्ब ७२ करोडको शेयर कारोबार


काठमाडौं,शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन एक सय ११ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको चौथो कारोबार दिन आज बुधबार तीन दशमलव ८० अंकले उकालो लागेर २७ सय ८६ दशमलव ४० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले उकालो लागेर चार सय ९८ दशमलव १५ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको एक लाख ६८ हजार एक सय ७५ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक उकालो लागेपपनि बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x