Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत: २६ सय ९५ बिन्दुमा खुम्चियो शेयर बजार

अन्तत: २६ सय ९५ बिन्दुमा खुम्चियो शेयर बजार

५३ अंकले ओरालो लाग्दा १० अर्ब ५१ करोडको मात्र शेयर किनबेच


काठमाडौें । शेयर बजार परिसुचक नेप्से अन्ततः २६ सय बिन्दुमा खुम्चिएको छ । केही दिनअघिसम्म तीन हजार बिन्दुमा नजिक पुगेको नेप्से परिसुचक पछिल्ला दिनहरुमा निरन्तर ओरालो लाग्दै आएको छ । सोही क्रममा साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ५३ दशमलव ६३ अंकले ओरालो लागेर २६ सय ९५ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९१ अंकले ओरालो लागेर चार सय ८० दशमलव ८८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको शेयर किनबेच भएका छन् । जसबाट एक लाख ३० हजार छ सय ३२ पटकको कारोबारमा दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर कारोबार भएका छन् । सोही आधारमा आज कुल १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ रुपैंयाँको शेयर खरिद बिक्री भएका छन् ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x