Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार

अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार

५७ अंकले ओरालो लाग्दा सात अर्बको शेयर किनबेच


काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ५० अंकले घटेको नेप्से आज सोमबार पनि ५७ दशमलव शुन्य तीन अंकले ओरालो लागेर २५ सय ८० दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५४ अंकले ओरालो लागेर चार सय ६० दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ९२ हजार आठ सय १५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ३६ करोड १९ लाख ८८ हजार तीन सय ८३ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर नेप्से पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x