Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार

२४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से परिसुचक २२ दशमलव ३६ अंकले ओरालो लागेर २४ सय ६४ दशमलव ४० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २७ वटा कम्पनीहरुको ५८ हजार चार सय एक पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड छ लाख ५८ हजार ३६ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेको छ भने बाँण्ज्यि बैंक, जलबिद्युत, जीवन, निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x