३७ अंकले उक्लियो शेयर बजार
सात अर्ब भन्दा बढीको शेयर किनबेच
काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन ५६ दशमलव शुन्य नौं अ्रंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३७ दशमलव १३ अंकले उकालो लागेर २६ सय ९० दशमलव ७२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३२ अंकले उकालो लागेर चार सय ८३ दशमलव ७८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ७३ हजार एक सय १९ पटकको कारोबारमा एक करोड ५८ लाख ४५ हजार चार सय ४९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब नौं करोड ५९ लाख ५३ हजार २७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
- मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति
- हुन्डाई मोटरद्वारा १० करोड सवारीसाधन उत्पादन
- एक दिनमा लगभग एक हजार आप्रवासी बेलायत प्रवेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया