Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारब्याजदर घट्दा सेयरबजारमा हरियाली

ब्याजदर घट्दा सेयरबजारमा हरियाली


काठमाडौं । सेयरबजारमा बुधबार परिसूचक नेप्से ४३ दशमलव २२ अंकले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा कायम भएको छ । पाँच अर्ब ६६ करोड दुई लाख ३७ हजार रुपैयाँ बढीको एक करोड ३२ लाख २४ हजार तीन सय २२ कित्ता सेयर किनबेच भएको छ ।

अधिकंश बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेपछि त्यसको प्रभाव सेयरबजारमा देखिएको हो । ब्याजदर घट्दा सेयरबजारमा सकारात्मक असर पर्छ । किनभने ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्न जान्छ र कम्पनीहरुको नाफा बढ्ने सम्भावना हुन्छ । यस्तै ब्याज सस्तो हुँदा बैंकमा निक्षेप राखेर ब्याज खानेहरुले सेयर किन्न थाल्छन् । यस्तै उपभोग बढ्न जान्छ र कम्मनीहरुको आम्दानी बढ्न जान्छ । यही कारण बजारमा सेयरको माग बढ्न गई मूल्य वृद्धि हुन्छ ।

कर्जाको ब्याज एकल अंकमा झरिसकेको छ । यस्तै बैंकिङ प्रणालीमा लगानी योग्य रकम सात खर्ब हाराहारी पुगेको छ । यसले पनि सेयरबजारमा लगानीकर्तालाई आकर्षित गरेको छ ।

बुधबार कारोबार भएका दुई सय ४४ कम्पनीमध्ये दुई सय छ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । बजार बढेपनि ३५ कम्पनीका सेयरधनीले गुमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

विजया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै नौ दशमलव ३३ प्रतिशत बढेको छ । त्यसपछि इस्टर्न हाइड्रोपावरको सेयरमूल्य नौ दशमलव २४ प्रतिशत बढेको छ । अपर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

बजार पुँजीकरण ४३ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको सेयरको बजार पुँजीकरण १५ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएकोे छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x