बजार परिसुचक २६ सय ९७ बिन्दुमा
४७ अंकले ओरालो लाग्दा आठ अर्ब १८ करोडको शेयर खरिद बिक्री
काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईबार बजार नेप्से परिसुचक ४७ दशमलव ४४ अंकले ओरालो लागेर २६ सय ९७ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले ओरालो लागेर चार सय ८७ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ८८ हजार सात सय १४ पटक शेयर कारोबार भएको छ । जसबाट दुई करोड आठ लाख ६८ हजार नौं सय १९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक स्थिर देखिएको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया