२६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
सबै सुचक घट्दा पाँच अर्ब ९० करोडको कारोबार
काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: घटेको छ । अघिल्लो दिन ४७ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ५७ दशमलव ९९ अंकले घटेर २६ सय ३९ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव १४ अंकले ओरालो लागेर चार सय ७६ दशमलव २४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ७२ हजार सात सय २५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९० कारेड सात लाख ९१ हजार ४४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर नेप्से पुरै रातो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
- भारतीय एयरलाइन्सहरुलाई बमको धम्कीले हैरान
- हिजबुल्लाहद्वारा आइतबार इजरायलमाथि एक सय क्षेप्यास्त्र प्रहार
- सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी
- पञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया