उकालो लाग्यो शेयर बजार
२५ अंकले बढ्दा चार अर्ब १७ करोडको कारोबार
काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५७ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार २५ दशमलव ८८ अंकले उकालो लागेर २६ सय ६५ दशमलव ८१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले उकालो लागेर चार सय ८० दशमलव ७१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ५३ हजार छ सय ७८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड नौं लाख ६२ हजार दुई सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १७ करोड १६ लाख ६५ हजार छ सय १९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया