Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२६ सय २७ बिन्दुमा खुम्चियो शेयर बजार

२६ सय २७ बिन्दुमा खुम्चियो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २० अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १८ दशमलव २५ अंकले ओरालो लागेर २६ सय २७ दशमलव १४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ६१ हजार सात सय ८५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x