काठमाडौं । शेयर बजार परिसुचक नेप्से साताको पहिलो कारोबार दिन आईतबार नैं ओरालो लागेको छ । नेप्से आज नौं दशमलव १९ अंकले ओरालो लागेर २६ सय १७ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ८० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा तीन सय २० वटा कम्पनीहरुको ५६ हजार छ सय ४६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । बाणिज्य बैक, निर्जीवन बीमा, बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जीवन बीमा, जलबिद्युत, होटल तथा पर्यटन र व्यापार समुहको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया