Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारपुन: एक दशमलव ८८ बिन्दुले ओर्लियो शेयर बजार

पुन: एक दशमलव ८८ बिन्दुले ओर्लियो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव २१ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बुधबार पुन: एक दशमलव ८८ अंकले ओरालो लागेर २६ सय ७५ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८१ अंकले ओरालो लागेर चार सय ७७ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ५५ हजार दुई सय ३८ पटकको कारोबारमा एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट कुल कारोबार रकम पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार आठ सय ५१ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, जलबिद्युत, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x