Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार११ दशमलव २४ अंकले ओर्लियो शेयर बजार

११ दशमलव २४ अंकले ओर्लियो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दुई दिन लगातार उकालो लागेको नेप्से परिसुचक आज मंगलबार भने ११ दशमलव २४ अंकले ओरालो लागेर २७ सय ४८ दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ७८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ८२ हजार पाँच सय ७० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६७ लाख ८६ हजार नौं सय ३४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, निर्जीवन र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x