Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजार परिसूचक १७ अंकले बढ्यो

सेयर बजार परिसूचक १७ अंकले बढ्यो


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३५८.०३ अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ ।

सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३५ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.०७ प्रतिशत र फाइनान्स समूहको उपसूचक २.०२ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक १ देखि २ प्रतिशतले बढेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया