काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ ।
आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर रू. ९२ करोड दुई लाख ४९ हजारमा कारोबार भएको छ ।
आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ ।
लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया