कुनै नीतिगत ग्यारेन्टीविना जबर्जस्ती बढ्यो सेयरबजार
काठमाडौं । सेयरबजार सुधारका लागि कुनै नीतिगत व्यवस्था नभए पनि बुधबार बजार सामान्य अंकले बढेको छ । चार दिनसम्म लगातार घटेपछि सेयरबजारले बुधबार सामान्य रुपमा रङ फेरेको हो । नेपाली कांग्रेसका नेता अर्थमन्त्री बनेपछि सेयरबजार बढ्नैपर्छ भनेर लाग्नेहरुले बुधबार जबर्जस्ती बजार बढाएको देखिन्छ ।
बुधबार सेयरबजार परिसूचक नेप्से आठ दशमलव तीन नौ अंकले बढेर एक हजार आठ सय ७५ दशमलव शून्य सात विन्दुमा बन्द भयो । यद्यपि कारोबार रकम एक अर्ब रुपैयाँ पनि पुग्न सकेन । यदि नीतिगत सुधारपछि बजार उत्साहजनक रुपमा बढेको थियो भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि हुने थियो । हरियाली र कारोबार अंकले नै प्रस्ट पारेको छ कि बुधबारको बजार वृद्धिमा कुनै नीतिगत कारण छैन ।
यद्यपि बुधबार सेन्सिटिभ परिसूचक एक दशमलव नौ सात अंकले बढेर तीन सय ५३ दशमलव नौ पाँच विन्दुमा पुग्यो । साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक शून्य दशमलव छ चार अंकले बढेर एक सय ३१ दशमलव छ चार विन्दुमा बन्द भएको छ । सेन्सिटिभ फ्लोट सूचक पनि शून्य दशमलव छ चार अंकले बढेर एक सय १७ दशमलव छ चार विन्दुमा बन्द भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नियुक्तिपछि बजार पहिलोपटक बढेको छ । उनको नियुक्तिपछि लगातार तीन दिन बजार घट्दा लगानीकर्ताले नयाँ अर्थमन्त्रीलाई विश्वास गर्न नसकेको रुपमा विश्लेषण गरिएको थियो ।
बुधबार ८१ करोड ६० लाख रुपैयाँबराबरको २६ लाख दुई हजार नौ सय ५६ कित्ता मात्र सेयर किनबेच भएको छ । कारोबारमा आएका दुई सय १७ कम्पनीमध्ये एक सय ४६ वटाको सेयरमूल्य बढेको छ । ६४ वटाको घटेको छ भने सात वटाको स्थिर रहेको छ ।
यस्तै १३ उपसमूहमध्ये १० वटाले बजारलाई बढाएका हुन् । त्यसमध्ये होटल तथा पर्यटन क्षेत्रले नेतृत्व गरेको छ । पछिल्लो समय बाह्य पर्यटकको आगमन बढेको समाचार आएपछि यस क्षेत्रमा लगानीकर्ता आकर्षित भएका हुनसक्छन् । त्यसैले बुधबार होटल समूह एक दशमलव शून्य चार प्रतिशतले बढ्यो । त्यसपछि सबैभन्दा धेरै बढ्नेमा लघुवित्त समूह छ । जसको सेयर मूल्य शून्य दशमलव आठ सात प्रतिशतले बढेको छ । यसबाहेक म्युचुअल फण्ड शून्य दशमलव छ आठ, बैंकिङ शून्य दशमलव छ पाँच, लगानी शून्य दशमलव छ, जलविद्युत् शून्य दशमलव चार एक, वित्त शून्य दशमलव चार, जीवन बीमा शून्य दशमलव तीन एक, अन्य शून्य दशमलव दुई सात र विकास बैंक शून्य दशमलव एक एक प्रतिशतले बढेका छन् ।
बजार सकारात्मक भए पनि उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूह घटेका छन् । कारोबार सुरु भएको दश मिनेटपछि घट्न थालेको बजार अधिकांश समय ऋणात्मक रह्यो । तर अन्तिम एक घण्टा सम्हालिँदा बजार हरियो भएर बन्द भएको हो ।
यसदिन पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । यो कम्पनीको सेयर मूल्य नौ दशमलव नौ सात प्रतिशतले बढेर बन्द भएको छ । न्यादी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक चार दशमलव पाँच आठ प्रतिशतले गुमाएका छन् ।
सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको छ करोड ४३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसपछि नबिल बैंकको दुई करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन लगानीकर्ताको सम्पत्ति १२ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २७ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया