सेयरबजारमा ब्याजदरको प्रभाव
झण्डै दुई अर्बको करोबार
काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेपछि बुधबार सेयरबजारमा हरियाली छाएको छ । बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएपछि कारोबार खुलेदेखि नै बढ्नथालेको बजारको वृद्धिले तीव्रता पाएको थियो । ब्याजदर घट्ने खबरले लगानीकर्ताको मनोबल बढ्दा नेप्से दिनभरको उच्चतम विन्दुमा कारोबार भई बन्द भएको छ ।
नेप्से परिसूचक ९२ दशमलव २२ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । यो वृद्धि चार दशमलव ९३ प्रतिशत हो । यो वृद्धि २०७९ असार १२ गते यताकै ठूलो हो । सो दिन ९४ दशमलव ९२ अंकले बढेको थियो ।
बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १८ दशमलव २५ अंकले बढेर तीन सय ७३ दशमलव ७१ विन्दुमा बन्द भएको छ ।
साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक पनि छ दशमलव ७६ अंकले बढेर एक सय ३७ दशमलव ६१ विन्दुमा बन्द भएको छ । यस्तै सेन्सिटिभ परिसूचक पनि छ दशमलव ४२ अंकले बढेर एक सय २४ दशमलव ५१ विन्दुमा बन्द भएको छ । यस दिन कारोबारमा आएका दुई सय १८ वटै कम्पनीको सेयर मूल्य बढेको छ ।
ब्याजदर घटाउने निर्णयले लगानीकर्ताकोे मनोबल बढ्दा एक अर्ब ९७ करोड ६० लाख ७६ हजार रुपैयाँबराबरको ६१ लाख सात हजार चार सय २५ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति एक खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २७ खर्ब २१ अर्बबाट बढेर २८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको सुचकमा हारियाली छ । फाइनान्स समूह सर्वाधिक छ दशमलव ८४ प्रतिशतले बढेको छ । त्यसपछि विकास बैंक समूह पाँच दशमलव ७४ प्रतिशत, बैंकिङ समूह पाँच दशमलव ४६ प्रतिशत र लघुवित्त पाँच दशमलव ११ प्रतिशतले बढेका छन् । यसैगरी उत्पादन तथा प्रशोधन चार दशमलव ९५, जलविद्युत चार दशमलव ९१, जीवन बीमा चार दशमलव ७७, लगानी चार दशमलव २५, निर्जीवन बीमा चार दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९७, होटल तथा पर्यटन तीन दशमलव ६७, म्यूचुअल फण्ड दुई दशमलव ८७ र अन्य तीन दशमलव ३८ प्रतिशतले बढेका छन् ।
सर्वाधिक कमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाका सेयरधनी र सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्यूचुअल फण्ड–१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२का इकाईधनीहरु रहेका छन् । यी सबैको मूल्य १० प्रतिशतले बढेको छ । थप ११ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बजार बढे पनि तीनवटा ऋणपत्रका धनीहरुले गुमाएका छन् । यसमध्ये एभरेष्ट बैंकको ऋणपत्र २०८६ प्रतियुनिट मूल्य एक दशमलव ९९ प्रतिशतले घटेको छ । यस्तै सिभिल बैंक डिबेञ्चर २०८८ को प्रतियुनिट मूल्य पनि एक दशमलव १८ प्रतिशतले घटेको छ । यस्तै सिद्धार्थ बैंकको ऋणपत्र पनि शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।
शिवम् सिमेन्टको सबैभन्दा बढी ११ करोड ७१ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि सबैभन्दा धेरै कारोबार हुनेमा एनआईसी एसिया र हिमालयन बैंक रहेका छन् । एनआईसी एसियाको छ करोड २९ लाख रुपैयाँ र हिमालयनको छ लाख तीन करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया