Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारएकदिन पनि टिकेन सेयर बजारको उकालो यात्रा

एकदिन पनि टिकेन सेयर बजारको उकालो यात्रा


काठमाडौं । अघिल्लो दिन नेपाल बैंर्कस एशोसियसनको बैठकले निक्षेपको व्याजदरलाई एकल अंकमा झार्ने निर्णय गरेसंगै एकाएक बढेको सेयर बजारको उकालो यात्रा साताको अन्तिम कारोबार दिन आज बिहिबार थामिएको छ ।

अघिल्लो दिन ९२ दशमलव २२ अंकले उक्लिएको बजार परिसुचक यसदिन २९ दशमलव शुन्य अंकले ओरालो लागेर १९ सय ३४ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव ९८ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४४ हजार सात सय आठ पटकको कारोबारमा ४९ लाख १३ हजार सात सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार छ सय ६५ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयरबजार रातै देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया