Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२३ दशमलव ६३ अंकले ओर्लियो सेयर बजार

२३ दशमलव ६३ अंकले ओर्लियो सेयर बजार


काठमाडौं । सेयरबजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ८० अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो दिन आज सोमबार पुन २३ दशमलव ६३ अंकले ओरालो लागेर १९ सय आठ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८७ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव ८७ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २७ हजार चार सय ३७ पटकको कारोबारमा ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९२ करोड ७८ हजार पाँच सय ७१ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया