एकदिन पनि टिकेन नेप्सेमा दोहोरो अंकको बृद्धि
काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार परिसुचक (नेप्से) को उकालो यात्रा एक दिन पनि कायम रहन सकेन् । अघिल्लो दिन १७ दशमलव ३६ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १३ दशमलव ६८ अंकले ओरालो लागेर १८ सय ९० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ११ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव ५५ बिन्दुमा खुम्चिएको छ । १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६४ वटा कम्पनीहरुको २३ हजार चार सय २९ पटकको कारोबारमा आज २५ लाख ७१ हजार दुई सय दुई कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ८४ करोड ७० लाख २८ हजार दुई सय १९ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया