Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारयूनिटेक हाइड्रोपावरले साधारण सेयर निष्काशन गर्ने

यूनिटेक हाइड्रोपावरले साधारण सेयर निष्काशन गर्ने


काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी काम गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा यूनिटेक हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वप्रकाश अमात्य र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको साविक फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.मा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधिन आयोजनाको ९० प्रतिशत भन्दाबढी कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया