पाँच दिनमा लगानीकर्ताको सम्पत्ति एक खर्बले बढ्यो
काठमाडौं,डेढ महिनादेखिको निरन्तरको गिरावटमा ब्रेक लागेर गत साताको मंगलबार सेयरबजारले रङ्ग फे¥यो । त्यसपछिको पाँचै कारोबार दिन बजार हरियो बनेर बन्द भएको छ । यो पाँच दिनमा बजार ७३ अंकले बढेको छ । यो अवधिमा लगानीकर्ताको सम्पत्ति एक खर्ब सात अर्ब ६८ करोड रुपैयाँले बढेको छ । बजार पुँजीकरण २७ खर्ब ५९ अर्बमा कायम भएको छ ।
बैंकमा तरलता बढ्दै गएकोले ब्याजदर घट्ने सम्भावना देखिएपछि बजार सकारात्मक बनेको विश्लेषण गरिएको छ । सोमबार पनि बजार मापक सूचक नेप्से आठ दशमलव एक अंकले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि शून्य दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव ८८ विन्दुमा कायम भएको छ । साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक पनि शून्य दशमलव ५३ अंकले बढेर एक सय ३२ दशमलव २४ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक शून्य दशमलव शून्य एक अंकले बढेर एक सय १९ दशमलव चार विन्दुमा कायम भएको छ ।
सोमबार एक अर्ब २७ करोड ८७ लाख रुपैयाँबराबरको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर किनबेच भएको छ । यसदिन मात्रै लगानीकर्ताको सम्पत्ति करिब १२ अर्ब रुपैयाँले बढेको छ ।
कारोबारमा आएका एक सय २१ कम्पनीको सेयरमध्ये एक सय ३३ वटाको मूल्य बढ्दा बजारमा सकारात्मक माहोल बनेको हो । बजार बढे पनि ७८ कम्पनीका सेयरधनीले गुमाएका छन् भने १० वटाको सेयरमूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये व्यापार र बैंकिङबाहेक सबै उपसमूह बढेका छन् । नेप्सेका अनुसार व्यापार शून्य दशमलव ९९ प्रतिशत र बैंकिङ शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ । त्यसपछि होटल तथा प्रशोधन समूह एक दशमलव ५२ प्रतिशत, जीवन बीमा शून्य दशमलव ९३, फाइनान्स शून्य दशमलव ८३, निर्जीवन बीमा शून्य दशमलव ८२, जलविद्युत् र म्युचुअल फन्ड शून्य दशमलव छ, लघुवित्त शून्य दशमलव ५३, विकास बैंक शून्य दशमलव तीन, लगानी शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य चार प्रतिशतले बढेका छन् ।
यसदिन पनि आत्मनिर्भर लघुवित्तको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । बजार बन्द हुँदा लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यसपछि युनिलिभरको सेयरमूल्य सात दशमलव शून्य एक प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै सेयरमूल्य घट्नेमा ग्रीन लाइफ हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयरमूल्य सात दशमलव ३७ प्रतिशतले घटेको छ ।
शिवम् सिमेन्टको सबैभन्दा धेरै सात करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि सोल्टी होटलको छ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया