काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तीय योजना तालिम सुरु गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरूका लागि निःशुल्क तालिम तथा परामर्श सुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रबार क्यापिटलको कार्यालयमा हुने जनाइएको छ ।
सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरूले तालिम दिने जनाइएको छ । क्यापिटलले तालिममा सेयर बजारको आधारभूत चरित्र, वित्तीय लगानी योजना, नेपालमा सेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमलगायतका विषयमा परामर्श दिइने छ । यस्तै, सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरूको छनोट तथा सेयरमा लगानी र कारोबारी तरिकाबारे पनि जानकारी दिइने क्यापिटलले जनाएको छ । तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूदेखि कारोबार गरिरहेका लगानीकर्ताहरू पनि सहभागी हुन सक्ने छन् ।
यस तालिममा सहभागीहरूलाई तालिमपश्चात पनि एलिट क्यापिटलले आफ्ना अनुसन्धान प्रक्रियामा सहभागी गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।
हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरूले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाइटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन् । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सीमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया