दिव्येश्वरी हाइड्रोको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स
काठमाडौ । दिव्येश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ । कम्पनीले शत प्रतिशत अर्थात् हाल कायम चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो ।
मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर कम्पनीबीच आइतबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ र मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्येश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्धकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त हकप्रद सेयर विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारणसभामा सिफारिस गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया