पोखरा । स्क्वायर मोटर्सले पोखरामा टिभिएसको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे ।
शोरुम पोखराका स्थापित व्यवसायीद्वय आदर्शमान श्रेष्ठ र विनोज पोटेले सञ्चालनमा ल्याएका हुन् । टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले केही दिन अघिमात्र कास्कीका लागि स्क्वायर मोटर्सलाई नियुक्त गरेको थियो ।
कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई महानगरले सदैव साथ दिने प्रतिवद्धता जनाए । पर्यटकीय शहर पोखराको सौन्दर्य र वायु प्रदुषण न्यूनीकरणमा समेत विद्युतीय सवारीको खाँचो भएको उनले स्पष्ट पारे ।
स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टिभिएस मोडेल उपलब्ध गराइने स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आर्दशमान श्रेष्ठले बताए । उनका अनुसार टिभिएस सवारीसाधनको प्रदर्शनसँगै शोरूमले स्पेयर पाट्र्स र सवारीसाधन मर्मत सम्भारसहितका सेवा प्रदान गर्नेछ ।
स्क्वायर मोर्टसले पोखराको नयाँबजारमा सुविधा सम्म्पन्न शोरुमसहित स्पेयर पाट्र्स र सवारीसाधन मर्मत सम्भारका लागि पोखराको प्रस्याङमा सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरेको कम्पनीका कार्यकारी निर्देशक विनोज पोटेले जानकारी दिए । पोखरामा टिभिएसलाई उच्च स्तरका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिवद्धता स्क्वायर मोटर्सको छ ।
जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुईपाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १ सय ५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको टिभिएसको मार्केटिङ प्रमुख धनीराम भुसालले बताए ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपूर्जाको उपलब्धताका कारणनै टिभिएस नेपालको सर्वाधिक रुचाइएको टूह्वीलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको भुसालको भनाइ छ ।
क्याटेगोरी : अटो बजार, बिबिध, बिशेष
ताजा अपडेट
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
- पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया