Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधन्युयोर्कमा हिमाल पहाडको संगम

न्युयोर्कमा हिमाल पहाडको संगम


न्युयोर्क । अमेरिकामा नेपालीहरुको बसोबास गरेको दोस्रो ठूलो राज्य हो न्युयोर्क पहिलोमा पर्छ टेक्सास ।
न्युयोर्कमा नेपालको तराई, पहाड र हिमालका नेपालीहरुको ठूलो बसोबास छ । यहाँ हरेक नेपाली समुदायले आआफ्नो स्थानको पहिचान, जातीय पहिचान, धार्मिक पहिचानको नाममा थुप्रै संघसंस्था खोलेका छन् ।

समय समयमा आफ्नो कला संस्कृतिको प्रदर्शन लगायत चाडबाड धुमधामसँग मनाउने गर्छन् । यसरी नेपालीहरुले आफ्नो देशको कला, संस्कृति, पहिरन र खानपानको समय समयमा प्रस्तुत गर्दै आफू नेपाली हुँ भनी आफ्नो पहिचान बनाएर बसेको सहर न्युयोर्कलाई मान्य गरेका छन् ।

यसरी आफ्नो कला संस्कृति, धर्म मनाउनुका साथै हाल यहा एउटा अन्तरजातीय विवाहले एउटा छुट्टै पहिचान बनाएको छ । के हिमाल, के पहाड, के तराई सबै हामी नेपाली हौँ । सबै जातिको कला संस्कृति हाम्रो आफ्नै हो भन्ने कुरा देखाएको छ ।

पहाडका छोरा गोविन्द सेन्चुरी र हिमालकी छोरी सोनम डोल्मा लामाले विवाह मण्डपमा एकले अर्को जातीय पहिचानको पहिरन केटाले लामा भेषमा र केटीले साडी, चोलो, चुरा, पोते लगाएर विवाह गरी हामी सबै नेपाली हौँ, कुनै जात धर्म भेषभूषाले फरक पार्दैन । यो हामी नेपालीको सान हो भन्ने कुरा देखाई सारा नेपालीको ध्यान आकर्षण गरेको छ ।

विवाहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तमु परिवार इनक न्युयोर्कका अध्यक्ष मणिता गुरुङ, सामाजिक अभियन्ता केशवराम राई, नेवा गुठी न्युयोर्कका कोषाध्यक्ष प्रेमगोपाल महर्जनलगायत विदेशीहरुले बेहुला बेहुलीलाई आशीर्वाद दिएका थिए । उनीहरुले यसरी नेपालीले एक अर्कालाई सम्मान गरी विदेशमा आफ्नो देशको पहिचान बनाउनुपर्छ भन्दै यो विवाहलाई नमूना भनी प्रशंसा गरेका थिए ।

 


क्याटेगोरी : बिबिध, बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x