Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषविरगञ्ज यातायातमा चरम भ्रष्टाचार

विरगञ्ज यातायातमा चरम भ्रष्टाचार


साउन : नेपाल कै दोश्रो मिनी भन्सार भनेर चिनिने यातायात व्यवस्था कार्यालय वीरगञ्जमा चरम भ्रष्टाचार हुने गरेको सबैलाई सर्वविदितै नै छ ।
यातायात कार्यालय वीरगञ्जमा पैसा खर्च गरेर सवारी चालक अनुमति प्रमाण पत्र बनाउने गरेको सबैलाई थाहा भएकै कुरा हो । तर हाल अख्तियारले सो को निगरानी गरी राखेको समयमा सो कार्यालय गाभिएको सवारी शाखामा हुने गरेको भ्रष्टचार हुने प्रमाण फेला गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगञ्जमा कार्यरत अधिकृत रामसुन्दर महतोले हजारौ मोटरसाईकलहरुको सनाखत नामसारी गर्दै आइरहेको रहस्य उजागर भएको हो ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पूर्व कार्यालय प्रमुख उमेश रेग्मीले कर्मचारीहरुलाई आन्तरिक बैठकमा नियम संगत कार्य गर्नु र कानून विपरितको कार्य नगर्नु नगराउनु कडा रुपमा निर्देशन दिँदै आएको भएपनि सानो सवारी शाखामा कार्यरत अधिकृत आर्थिक लोभमा परी कानून विपरित सनाखत नामसारी गर्दै आइरहेका छन् ।
महतोले कार्यालय प्रमुखको निर्देशन नमानी गुमराहमा राखी मनोमानी तरिकाले कानून विपरित कार्य गर्दै आइरहेका छन् । सानो सवारी शाखा मोटरसाईकल फाँटमा कार्यरत अधिकृत महतो र विचौलियाहरुको मिलोमतोमा मोटरसाईकल सनाखत नामसारी भएको दर्जनौं प्रमाणहरु यस आर्थिक दैनिकसँग सुरक्षित रहेको छ ।
यहीँ २०८१ जेष्ठ ३ गते ना.४०.प ६८१६ नम्बरको मोटरसाईकल प्रगतिनगर–७ नवलपरासी निवासी विलोन थापाको नाउँबाट कुमारवाती–८ बस्ने मोतीराम विक त्यसैगरी मिति २०८१ जेष्ठ ३ गते कै दिन ना.३०.प ९९७५ नम्बरको मोटरसाईकल पदमपुर–८ चितवन निवासी राजेन्द्र महतोको नाउँबाट रत्ननगर–१४ चितवन निवासी भुवन परियारको नाउँमा सनाखत नामसारी भएको प्रमाण यस दैनिकसँग सुरक्षित रहेको छ । ढाडामा नामसारी गरिएको ठाउँमा अधिकृत रामसुन्दर महतोले हस्ताक्षर गरेको प्रमाण पनि छ ।
यातायात कार्यालय वीरगञ्जमा यतिसम्मको भ्रष्टाचार हुने गरेको भएपनि अख्तियारले कारवाही नगर्नुको सट्टा रकमको चासनीमा डुबेको हुने आशंका गर्न थालिएको सेवाग्राहीहरु बताउँछन् ।
एउटा मोटरसाईकलको सनाखत नामसारीमा करिब दुईदेखि पाँच हजार रुपैयाँ सम्म लिने गरेको बताईन्छ । दिनहुँ सयौं सनाखत नामसारी गर्दै आएका महतोले कति रकम कुम्ल्याउँछन् आफै अनुमान लगाउन सकिन्छ । यातायात व्यवस्थापन कार्यवृद्धि निर्देशिका २०४९ ऐनको परिच्छेद ९ को दफाले सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनिले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानून बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुवै पक्षको रोहबरमा निम्न अनुसारको १२ को ढाँचा निवेदन फर्म भरी रु १० को टिकट टासी कार्यालयमा निवेदन हुनुपर्ने व्यवस्था रहेको छ ।
सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुवैजना कार्यालयमा उपस्थिती हुनुपर्ने व्यवस्था रहेको छ ।
सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडी सवारी धनी कार्यालयम उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा लगाएको सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मनोसिब लागेको खण्डमा सम्बन्धित फाँटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरी दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र सो नामसारी गर्ने व्यवस्था निमावलीमा रहेको छ ।
तर भ्रष्ट प्रवृतिका महतोले कुनैपनि प्रक्रिया पुरा नगरी घुसको रकमको भरमा सनाखत नामसारी गर्दै आएको श्रोतले जनाएको छ ।

क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x