Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ ओप्पो ए३ सार्वजनिक

नयाँ ओप्पो ए३ सार्वजनिक


काठमाडौं : ओप्पोले आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ओप्पो ए३मा डबल–टेम्पर ग्लाससहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ । यो स्मार्टफोनले उत्कृष्ट टिकाउको मान्यतास्वरूप, मिलिटरी–ग्रेड प्रतिरोधका लागि एमआइएल–एसटीडी ८१० एच सर्टिफिकेसन र एसजिएस स्ट्यान्ड्रड सर्टिफिकेसन प्राप्त गरेको छ । नेपालमा ओप्पो एथ्री दुई भिन्न रंग स्टारलाइट ह्वाइट र स्टार्री पर्पलमा उपलब्ध छन् ।

नयाँ ओप्पोमा ५१ सय एमएएच् ब्याट्री समावेश छ, त्यसबाहेक यो ब्याट्रीमा १६ सय चार्ज साइकल रहेको छ । यसको सुरुवातको भन्दा ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्छ भने औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयको लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्दछ । दुवै मोडेलहरूमा ४५ वाट सुपरभोक टिएम फ्ल्यास चार्ज समावेश भएकाले चार्जिङ दक्षता सुधार गरेको छ, जसले ब्याट्रीलाई ३० मिनेटमा ५० प्रतिशत र ७५ मिनेटमा शतप्रतिशत चार्ज गर्न सक्षम बनाएको छ ।

स्न्यापड्रागन आर टक फोरजी जेनवान मोबाइल प्लेटफर्मद्वारा सञ्चालित, ओप्पो ए३ ले कम ऊर्जा खपतका साथ कुशल प्रदर्शन प्रदान गर्छ । यो फोन दुई भेरियन्ट ६÷१२८ जिबी ¥याम र र ८÷२५६ जीबी स्टोरेजमा रहेको छ । यसबाहेक ओप्पोको ¥याम विस्तार प्रविधिले -यामलाई ८ जीबीसम्म बढाउन सकिन्छ । दुवै मोडलहरूमा छ दशमलव ६७ इन्चको एलसीडी डिस्प्लेले ९० हर्ज रिफ्रेस रेट, १००० निट्सलगायतका सुविद्या रहेका छन् ।

यो फोनमा ५० एमपी अल्ट्रा–क्लियर क्यामेरा, ५ एमपी सेल्फी क्यामेरा रहेको छ । साथै, एआई पोर्ट«ेट रिटचिङ, डुअल–भ्यु भिडियो र थर्ड पार्टी भिडियो रिटचिङजस्ता कार्यात्मक क्यामेरा सुविधाहरूले प्रयोगकर्ताहरूले न्याचुरल देखिने इमेजहरू र भिडियोहरू क्याप्चर गर्न सक्नेछन् । ओप्पो ए३ को मूल्य ६÷१२८ जिबी स्टोरेज भेरियन्टको २२ हजार नौ सय ९९ रुपैयाँ र ८÷२५६ जीबी भेरियन्टको २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । ओप्पोका सबै रिटेलरहरूको स्टोरमा यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा, बिबिध, बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x