Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको रेनो १२ सार्वजनिक

ओप्पोको रेनो १२ सार्वजनिक


काठमाडौ : ओप्पोले नयाँ एआई फोन रेनो १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यसले इन्डस्ट्री–लिडिङ जेनएआई विशेषतासहित उत्पादनशीलता र सिर्जनशीलताको नयाँ सम्भावनाहरू खोल्ने कम्पनीको दाबी छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो शृङ्खलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको हो ।

एआई फोनको परिकल्पनालाई तीव्र बनाउन ओप्पोको लागि पहिलो र महत्वपूर्ण सार्वजनिक भएको कम्पनीले जनाएको छ । रेनो १२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्कजस्ता विशेषताहरू छन् । यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ । साथै, ओप्पोको ८० वाट सुपरभोक टिएम फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी ५००० एमएएच् ब्याट्रीसहित नयाँ रेनो १२ ले अल्ट्रा–लङ ब्याट्री लाइफ, फास्ट चार्जिङ र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ ।

यस वर्षको सुरुवातमा ओप्पोले प्रयोगकर्ताहरूलाई उच्चस्तरका फ्लागसिप स्मार्टफोनभन्दाबाहिरको एआई क्षमताहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोहीअनुसार कम्पनीले गुगल, माइक्रोसफ्ट, मिडियाटेक, क्वालकम र अन्य साझेदारहरूसँग मिलेर एआई फोनहरू ल्याउनलार्ई तीव्ररूपमा काम गरिररहेको छ । रेनो १२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ, यसमा अपडेट गरिएको एआई इरेजर समावेश छ । यसको मद्दतले प्रयोगकर्ताहरूले अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन् ।

साथै, रेनो १२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ । एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्छ । अर्कोतर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ । कम्पनीले रेनो १२ मा एआई समावेश गरेर थप दक्षता र रचनात्मकता ल्याएको छ । स्मार्ट साइडबारमा गुगल जेमिनी र लार्ज लाङ्ग्वयज मोडलमा आधारित, एआई टुलबक्स थपिएको छ ।

रेनो शृङ्खलालाई भविष्यमा दृढतापूर्वक लिएर जाने रेनो १२ को अगाडि स्पेस–एज सिल्भर एक्सटेरियरको वरिपरि केन्द्रित बोल्ड डिजाइन रहेको छ । रेनो १२ पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ । सिल्भर लुकको अतिरिक्त, यो थप दुई कलर अप्सनमा उपलब्ध छ । यो फोन छ दशमलव सात इन्च, १२० हज ओल्डी डिस्प्ले रहेको रहेको छ । यसमा ओप्पोको प्लास टच प्रविधि पनि थपिएको छ ।

सोनी एलवाईटी छ सय सेन्सरले पूर्ण–पिक्सेल ओम्निडायरेक्सनल अटोफोकस र ओआईएससहित सुसज्जित, रेनो १२ को मुख्य क्यामेराले स्पष्ट सटहरूको लागि छिटो र स्थिरतालाई धेरै फोकस गर्न सकिन्छ । रेनो १२ परिष्कृत फ्ल्यास स्न्यापसट फिचरको साथ आएको छ, यसले क्यामेराको एक्सपोजर प्रक्रियालाई थप चुस्ततापूर्वक समायोजन गर्छ ।

३० एफपीएसमा फोरके भिडियो र १०८० पी भिडियोे चार गुणा रिजोल्युसनमा यसमा हाई–डेफिनेसन भिडियोको लागि रियर र फ्रन्ट–फेसिङ क्यामेराहरू उपलब्ध छ । रेनो १२ कस्टम ४ एनएम मिडियाटेक डाइमेन्सिटी ७३०० इनर्जी मोबाइल प्लेटफर्म फिचर गर्ने पहिलो फोन हो ।

रेनो १२ नेपालमा एस्ट्रो सिल्भर र म्याट ब्राउनमा उपलब्ध हुनेछ । १२ जीबी ¥याम र ५१२ जीबी रोम भएको यो फोनको मूल्य ६५ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा, बिबिध, बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x