नेपाली बजारमा बोटको व्यापारमा चार गुणाले वृद्धि
काठमाडौ : भारतीय वेयरेवल ब्रान्ड बोटको व्यापार नेपाली बजारमा चार गुणाले बढेको पाइएको छ । २०७९ फागुनमा नेपाली बजारमा भित्रिएको बोटले व्यापार तुलनात्मकरूपमा चार गुणाले बढेको र आय दोब्बर भएको जनाएको छ ।
नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरूको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ । नेपालमा सार्वजनिक भएसँगै बोट अडियो र वेयरवल्समा प्रमुख ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको थियो ।
साथै, पछिल्लो दुई आर्थिक वर्षमा निरन्तररूपमा ब्रान्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको छ ।
साथै, कम्पनीले नेपालमा आफ्नो व्यापार सफलतालाई प्रवद्र्धन गर्न दराजमा ‘बोटहेडडेज’ नामक नामक ब्रान्ड विक सेल आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको सो सेल भदौ २६ गतेसम्म सञ्चालन हुनेछ ।
यस अवधिमा ग्राहकहरूले चयन गरेका उत्पादनमा ७० प्रतिशतसम्मको छुटका साथै प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् । कम्पनीले नेपाली उपभोक्ताहरू वेभ कल दुई स्मार्टवाच र पावरबैंकहरू पनि उपलब्ध गराउँदै आएको छ ।
कम्पनीका उत्पादनहरू नेपालभरि एक हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध रहेको जनाइएको छ । साथै, दराजमा उपलब्ध कम्पनीका ८० प्रतिशतभन्दा बढी एसकेयुहरूले चार स्टारभन्दामाथिको रेटिङ प्राप्त गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध, बिशेष
ताजा अपडेट
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- सुनको मूल्य बढ्यो
- फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
- बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया