Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधन्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा


न्युयोर्क । हरेक वर्षझैँ यस पटक नेवा गुठी न्युयोर्कले न्युयोर्कमा भव्यरुपमा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएको छ । न्युयोर्कका ज्याक्सन हाइटमा नेवारी परम्पराले सिँगारिएको समयबजीको प्रतिक जसमा चिउरा, माछा, उसिनेको अण्डा, बारा, उसिनेको आलु, छोइला, अदुवा, मिठाई र फलफूलले सजाएको चिन्ह राखिएको थियो । उक्त प्रतिक हेर्न र फोटो खिच्न ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।

उक्त कार्यक्रममा कुमारीलाई रथमा राखेर चार जनालेले रथ बोकेर परिक्रमा गराएका थिए । कुमारीको अगाडि लाखेले नाच्दै कुमारीको रथलाई अगाडि बढाएको थियो ।

कुमारीलाई रथबाट ओराली सिँगारेको आसनमा विराजमान गराएपछि मुख्य जात्राको कार्यक्रम सुरु भई लाखेले खुसी भई कुमारीलाई ढेगेपछि नाच्दै दर्शकसित रमाएको थियो ।

इन्द्र देवताको बाहन पुलुकिसी(ऐरावत हात्ती)ले पनि कुमारीको दर्शन गरेपछि खुसीले आफ्नो नाच देखाएको थियो । कार्यक्रममा सन्तोष महर्जन, राजेन्द्र महर्जनलगायतले धिमे नृत्य प्रस्तुत गर्नुभएको थियो भने धिमय बजाउनेहरुमा न्हुच्छेनारायण डंगोल, नारायण महर्जन, मिन नकर्मी आदित्य महर्जन हुनुहुन्थ्यो ।

लाखेको भूमिकामा देविस श्रेष्ठ, कुमारी हुनेमा माया महर्जन र पुलुकिसीमा निराज महर्जन र आरब महर्जन हुनुहुन्थ्यो । कविन महर्जनको संयोजन रहेको उक्त कार्यक्रममा सुवर्ण शाक्यले स्वागत भाषण गर्नुभएको थियो भने समिर महर्जनले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको महत्ववारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई कुमारीको प्रसाद स्वरुप समयबजी वितरण गरिएको थियो ।

 


क्याटेगोरी : बिबिध, बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x