क्विन्स बोरो प्रेसिडेन्टद्वारा दिपावली कार्यक्रम आयोजना
न्युयोर्क : क्विन्स बोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्सले आज आफ्नो कार्यालयको क्वीन्स बरो हलमा दिपावली कार्यक्रम आयोजना गर्नु भएको थियो।
उक्त कार्यक्रम ६ बजे बेलुका सुरु भएको थियो र दक्षिण एसियाली एंव इन्डो क्यारिबियन समुदायका मानिसहरू सहभागी थिए। यस कार्यक्रममा विभिन्न देशका सांस्कृतिक नृत्य एंव गायन प्रस्तुती गरिएको थियो भने गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले उतकृष्ट समाजिक कार्यहरु गर्दै आएको हुनाले क्विन्स बोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्सले सहि मुल्यकान गर्दै कदर पत्रले सम्मान गर्नु भयो।
उक्त कदर पत्र क्विन्स बोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्सले गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे लाई हस्तान्तरण गर्नु भएको थियो भने अध्यक्ष सोमनाथ घिमिरेले क्विन्स बोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्सलाई नेपाली टोपी र नेपाली खादाले अभिवादन गर्नु भएको थियो।
यस दिपावली कार्यक्रममा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका कार्य समिति सदस्य ध्रुव कुवॅंर क्षेत्री, कृयाशील सदस्यहरु क्रमश: पुर्व एस.पी. दान बाहादुर मल्ल, गिता अधिकारी, योगेन्द्र अधिकारी, ध्रुव श्रेष्ठ, लाक्पा टि. शेर्पा, हिरा तामागं, सिद्धी परेख, बंगाली क्लब युएसका अध्यक्ष दिनेश मजुमदार, सदस्य नोमेन रोबिन, इन्डो केरिबियन समुदायकी नेत्री के. सीई, डिजिटल ब्रिजेस फर नेपालका निक स्टेबेन, मानव अधिकारबादी गुगु मखारी लगायतको उपस्थिती रहेको थियो।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया