Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षासंस्कृति स्कुलमा पहिलो फ्याब ल्याब

संस्कृति स्कुलमा पहिलो फ्याब ल्याब


काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल काठमाडौंले आफ्नो प्राङ्गण हल्चोकमा नेपालको पहिलो विद्यालयस्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेसन ल्याबोरेटरिज) को उद्घाटन गरेको छ ।

स्कुलकी निर्देशिका दिप्ती आचार्यले यो प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइ अवसरहरू प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित नवीनतम प्रयोगशाला स्थापना गरेको उनको भनाइ थियो । प्रयोगशालामा विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्सलगायत एक्सप्लोर गर्न सक्ने बताइएको छ । उनका अनुसार फ्याब ल्याबले रचनात्मक प्रविधि हबको रूपमा काम गर्ने र विद्यार्थीलाई आफ्नो पूर्ण क्षमता उजागर गर्न, आवश्यक सिप विकास गर्न र नयाँ आविष्कारको लागि प्रेरित गर्न ल्याब आयोजना गरिएको हो ।

नयाँ फ्याब ल्याबको स्थापनासँगै संस्कृति इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इन्टर्डिसिप्लिनरी लर्निङको अनुभवका साथै, सिर्जनात्मक, नवीनतम र समस्या समाधान गर्ने सिपहरू प्रदान गर्ने लक्ष्य राखेको छ । ल्याब उद्घाटन समारोहमा थ्रीडीआई स्कुल, न्युजील्याण्डका अक्याडेमिक डिरेक्टर डा क्रेग ह्यान्सनको उपस्थिति रहेको थियो । उनले यस प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा उल्लेख गरे । उद्घाटन लगत्तै नयाँ फ्याब ल्याबको प्रदर्शनी भ्रमण कार्यक्रम गरिएको थियो । विभिन्न नवीन शिक्षण उपकरण नै अतिथिलाई आकर्षित तुल्याउने इन्फिनिटी फ्याब ल्याबको मुख्य आकर्षण हो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया