इक्यानले ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । संघको ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टईडी ग्रुपअन्तर्गत सनवे कलेजसँगको सहकार्यमा सो छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
नेपाली विद्यार्थीका लागि यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गरिने संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सनवे कलेजले स्नातकस्तरको विद्यार्थीलाई बिओस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । कोर्सअन्तर्गत विभिन्न विधा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इनोभेसन रहेका छन् ।
साथै, एक वर्षको व्यावसायिक नियुक्ति पनि संलग्न गरिएको छ । उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी दुई जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने संघका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् । यस्तै, पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस टु मा ३.६० जीपीए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जीपीए ल्याएको हुनुपर्ने बताइएको छ । ३० प्रतिशत छात्रवृत्ति पाउन ३.०० जीपीए ल्याउनुपर्ने एवम् आयल्समा समग्रमा छ स्कोर ल्याएको हुनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यार्थीहरूले आफ्नो आवेदन स्कलरसिप एट इक्यान डट ओआरजी डट एनपीमा गई भर्न सक्ने बताइएको छ । आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया