Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाजेम्स ग्रुपद्वारा दोलखाका विद्यार्थीलाई सहयोग

जेम्स ग्रुपद्वारा दोलखाका विद्यार्थीलाई सहयोग


काठमाडौं । जेम्स ग्रुप सर्भिस एजुकेसन कन्सलटेन्सी काठमाडौंले दोलखा विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । जेम्स ग्रुपले भीमेश्वर नगरपालिकामा रहेका विभिन्न पाँचवटा विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई झोला, पोशाकलगायत शैक्षिक सामग्रीहरू वितरण गरेको हो ।

जाडो मौसममा प्रयोग गरिने ट्र्याकसुट, स्वीटर, पञ्जा, मोजा, टोपी, स्टेसनरी, स्कुल ब्याग र खाजा सेटलगायतका सामग्री प्रदान गरेको जेम्स ग्रुपका प्रोपाइटर कलराज थापाले जानकारी दिए । उनका अनुसार भीमेश्वर नगरपालिका वडा नम्बर– ७ को हरिकृतन आधारभूत विद्यालय, कुप्रिडाँडा आधारभूत विद्यालय र वीरेन्द्र आधारभूत विद्यालय तथा वडा नम्बर– ६ को महाकाल आधारभूत विद्यालय र अल्पाइन पब्लिक स्कुलका विद्यार्थीहरूलाई सो सामग्री उपलब्ध गराइएको हो । यस्तै, उनले आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा पनि सहयोग गर्ने बताए । यसअघि पनि जेम्स ग्रुपले भीमेश्वर नगरपालिकामा रहेका दुईवटा सामुदायिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको थियो ।

त्यसैगरी भीमेश्वर–६ स्थित आमाको माया छात्रावासका विद्यार्थी र वडा नम्बर– ५ स्थित गौरीशंकर बालगृहका विद्यार्थीहरूका लागि समेत स्कुल ब्याग, शैक्षिक सामग्री र खाजा सेट उपलब्ध गराएको सो संस्थाले जनाएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया