Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षादूरसञ्चार प्राधिकरणले पठाएको पत्रमा एनसेलको जवाफ (पत्रसहित)

दूरसञ्चार प्राधिकरणले पठाएको पत्रमा एनसेलको जवाफ (पत्रसहित)


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि यसबारे सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार मंगलबार एनसेलले जवाफी पत्र पठाएको हो ।

आजियटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरि समझदारी गरेपछि दूरसञ्चार प्राधिकरणले मंसिर १५ गते एनसेललाई पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद–बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको खनाले बताए ।

एनसेलले पठाएको पत्रमा आजियाटा यूके र स्पेक्ट्रलाइट कम्पनीबीच सेयर खरिद–बिक्रीका लागि भएको द्वीपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख छ ।

एनसेलको पत्रमा भनिएको छ, ‘नियमावली र विनियमावलीका प्रावधान पूर्ण पालना गर्न सदा झैं आजियाटा प्रतिबद्ध रहेको छ । दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल ती संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद–बिक्रीको स्वीकृतिका निवेदन पेश गरिनेछ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया