Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाएनसेलको शेयर खरिद–बिक्रीसम्बन्धमा छानबिन समिति गठन

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धमा छानबिन समिति गठन


काठमाडौं । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज(शुक्रबार) पत्रकार सम्मेलनमा शेयर खरिद–बिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिइन् ।

समितिलाई ३० दिनको समय दिइएको छ । पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको छ भने समितिले आजैबाट काम सुरु गर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया