मदन भण्डारी विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध
काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका एक सय ४० भन्दा बढी देशहरूबीचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका लागि विश्वविद्यालय र नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) बीच हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशी तथा एनआरईएनका अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् ।
यो समझदारीसँगै चित्लाङस्थित सो विश्वविद्यालय र विश्वका अन्य विश्वविद्यालयहरूसँग हुने वैज्ञानिक सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताइएको छ । यसका साथै एनआरईएनले विश्वका अन्य अनुसन्धान तथा शैक्षिक सञ्जाल प्रदायक संस्थाहरूको सहकार्यमा नेपालका प्राज्ञिक संस्थाहरूको शैक्षिक तथा वैज्ञानिक क्रियाकलापलाई सरल बनाउन प्रदान गरिरहेका अन्य सेवाहरू इडियुरोम, सुपर कम्प्युटर पहुँच, विश्वविद्यालयको क्याम्पस नेटवर्क स्तरोन्नतिजस्ता क्षेत्रहरूमा आवश्यक सहयोग गर्नेछ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया